Dashain Suvakamana

गैरकम्युनिस्ट पार्टी बनाउने तयारीमा भीम रावल

काठमाडौं । नेकपा एमालेले संगठित सदस्यता खोसेसँगै पूर्व उपप्रधान तथा गृहमन्त्री भीम रावलले विभिन्न दलका नेताहरुसँग भेटवार्ता गर्नमा व्यस्त छन् । रावलले सोमबार नेपाली कांग्रेस बीपीका उपसभापति कर्ण मल्ल र सुदूरपश्चिम प्रदेश सभाका स्वतन्त्र सांसद डा. तारा जोशीसँग भेट गरेका छन् ।

mahotsab

दुई नेताले रावल निवास टोखामै पुगेर भेट गरेका हुन् । मल्ल र जोशीसँगको छलफलमा रावलले वाम, प्रजातान्त्रिक समेटेर गैरकम्युनिस्ट पार्टी बनाउने बताएका छन् । उनले आफूले परम्परागत ढाँचाका कम्युनिस्ट पार्टी गठन नगर्ने बताएका हुन् ।

रावलले आगामी राजनीतिक यात्राबारे जानकारी दिन बुधबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरेका छन् । सो पत्रकार सम्मेलनबाट रावलले एमालेले गरेको कारबाही र आगामी योजनाबारे जानकारी दिने बताईएको छ ।

पार्टी अनुशासन विपरितको गतिविधि गरेको भन्दै नेकपा एमालेको १० पुसमा बसेको स्थायी कमिटी बैठकले रावललाई पार्टीको साधरण सदस्यबाटै मुक्त गर्ने निर्णय गरेको थियो ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.