“माओवादी बलियो भएमात्रै देशमा सुशासनको नयाँ युग सुरु हुने”

कञ्चनपुर । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी बलियो भएमात्रै देशमा सुशासनको नयाँ युग सुरु हुने बताएका छन्  । कञ्चनपुरको पुनर्वासमा शनिबार आयोजित भ्रष्टाचार र बेथितिविरुद्धको खबरदारी तथा पार्टी एकता समायोजन सभालाई सम्बोधन गर्दै यस्ताे बताएका हुन ।

उनले यसका लागि माओवादीलाई पहिलो दल बनाउन जनतालाई अपिल गरे। माओवादी पहिलो पार्टी बने गिरिबन्धु, यति ओम्नी, नक्कली भुटानी शरणार्थी, वाइडबडीमा भ्रष्टाचार गर्नेहरूलाई कारबाहीको दायरामा ल्याउने उनकाे भनाइ थियाे ।

‘माओवादी एक नम्बरको पार्टी भए मात्रै देशमा भ्रष्टाचारको अन्त्य हुने भन्दै उनले मलाई विश्वास छ भ्रष्टाचारको पक्षको यो सरकारले यति धेरै भ्रष्टाचार गरेको छ । भ्रष्टाचारीलाई यसै छोडिने छैन,’ उनले भने, ‘गिरिबन्दु, यति ओन्नीमा, नक्कली भुटानी शरणार्थी बनाएर गरिएको भ्रष्टाचार, वाइडबडी खरिदमा गरिएको भ्रष्टाचार यसै छोडिने छैन ।’

उनले माओवादी बलियो भएको दिन देशमा सुशासनको युग सुरु हुनेसमेत जिकिर गरे । ‘यो सबैका निम्ति माओवादी केन्द्रलाई बलियो बनाउन जरुरी छ । हेर्नुहोला, अर्कोपटक माओवादी बलियो भयो भने देशमा सुशासनको नयाँ युग सुरु हुनेछ ।’

पूर्वप्रधानमन्त्री प्रचण्डले आफू नेतृत्वको सरकारले भ्रष्टाचारविरुद्ध, सुशासन, सामाजिक न्याय र समृद्धिका पक्षमा काम गरेको बताउँदै मिटर ब्याजको नाममा जनतालाई शोषण गर्ने मिटरब्याजीहरूलाई कारबाहीको दायरामा ल्याएको पनि स्मरण गरे ।

फरक प्रसंगमा उनले चीनसँग खुलेको नाकाले सुदूरपश्चिमको आर्थिक विकासमा टेवा पुग्ने बताए । सुदूरपश्चिममा भौतिक पूर्वाधारको क्षेत्रसँगै अन्य प्रगतिका निम्ति पनि कोसिस गरेको बताउँदै उनले कैलाली, कञ्चनपुरलगायतका क्षेत्रमा नदी नियन्त्रणसँग सम्बन्धित कामलाई दृढतापूर्वक अगाडि बढाउन पहल गर्ने धारणा राखे ।

राज्यसत्ताबाट विभेद् र अपमानमा परेको सेती महाकालीलाई न्याय दिने उद्देश्यले नै माओवादी केन्द्रले कञ्चनपुरको पुनर्वासका समस्या समाधानमा दृढतापूर्वक लागेको उनको भनाइ थियो ।May be an image of 2 people and temple

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.