धनगढी। नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) भाेलि शनिबार कञ्चनपुरको पुनर्वास आउने भएका छन् । माओवादी केन्द्र पार्टीले भ्रष्टाचार बेथिति बिरुद्धमा गर्न लागेको खबरदारी सभालाई सम्बोधनका लागि अध्यक्ष प्रचण्ड पुनर्वास आउन लागेका हुन् ।
साे पार्टीका एक नेताका अनुसार माओवादी केन्द्रले ‘भ्रष्टाचारमुक्त नेपाल हाम्रो सकल्प’ भन्ने मूल नारा अघि सारेर सरकारलाई खबरदारी गर्नलागेकाे हाे । माओवादीले वर्तमान सरकार बिरुद्धमा भ्रष्टाचार अभियान अन्तरगत देशभरका पालिका स्तरमा गरिरहेको अभियानलाई निरन्तरता दिने कार्यक्रममा पार्टी अध्यक्ष प्रचण्ड सहितका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको बताइएकाे छ ।