एमालेले भीम रावलको सदस्यता खोस्यो, बिन्दा र उषाकिरण निलम्बनमा

नेकपा एमालेले नेता भीम रावल, स्थायी समिति सदस्य बिन्दा पाण्डे, र केन्द्रीय सदस्य उषाकिरण तिम्सिनाविरुद्ध कारबाही गरेको छ। बुधबार बसेको सचिवालय बैठकले रावललाई साधारण सदस्यबाट निलम्बन गर्ने निर्णय गरेको छ भने पाण्डे र तिम्सिनालाई ६ महिनाका लागि निलम्बन गरिएको एमालेका एक नेताले जानकारी दिए।

पार्टीको केन्द्रीय कार्यालय निर्माणका लागि व्यवसायी मीनबहादुर गुरुङबाट दान लिएको विषयमा असहमति जनाउँदै सामाजिक सञ्जालमा सार्वजनिकरूपमा आलोचना गरेकाले उनीहरूमाथि कारबाही गरिएको एमाले स्रोतले जनाएको छ। स्पष्टीकरण सोधिएपछि पाण्डे र तिम्सिनाले कात्तिक १२ गते पार्टीको निर्णयप्रति असहमति जनाउँदै ‘एउटै व्यक्तिको दानबाट मुख्यालय निर्माण गर्नु गलत निर्णय हो’ भनी टिप्पणी गरेका थिए।

नेकपा एमालेमा निष्क्रिय रहेका रावलले भने स्पष्टीकरण दिन अस्वीकार गरेका थिए। उनलाई कात्तिक ४ गते स्पष्टीकरण मागिएको भए पनि कुनै जवाफ नआएको एमालेले जनाएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.