सुदूरपश्चिममा पत्रकारकाे नवनिर्वाचित पदाधिकारीको पदस्थापन

धनगढी । नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिको नवनिर्वाचित पदाधिकारी तथा सदस्यको पदस्थापन भएकाे छ । बुधबार धनगढीमा आयोजित एक कार्यक्रमका बीच नवनिर्बाचित पदाधिकारीलाई सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले बिजयी प्रमाणपत्र प्रदान गरेका हुन् ।

साे अवसरमा मुख्यमन्त्री शाहले पत्रकार महासंघको निर्वाचनले लोकतान्त्रिक मूल्य र मान्यतालाई स्थापित गरेको बताएका छन्। उनले अन्योलताका बीचमा पत्रकार महासंघले केन्द्रदेखि जिल्लासम्म आफ्ना निर्वाचन पूरा गरेर पुनः एकचोटी लोकतान्त्रिक मूल्य र मान्यतालाई स्थापित गरेको बताएका हुन्।

फरक प्रसङ्गमा मुख्यमन्त्री शाहले अहिलेको वर्तमान सरकारका नेतृत्वबिचमा भएको समझदारी निरन्तर अगाडि बढेर जाने बताएका छन्। लगतै नवनिर्वाचित पदाधिकारीले आज नै समितिकाे कार्यालयमा गई पदभार ग्रहण गरेका हुन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.