बिनाेद भण्डारी चम्किदा सुदूरपश्चिम पुग्याे फाईनलमा

काठमाडौं । एनपीएल क्रिकेटको पहिलो क्वालिफायरमा जनकपुर बोल्ट्सविरुद्ध सुदूरपश्चिम रोयल्सका सानदार जित हात पारेकाे छ । ओपनर विनोद भण्डारी चम्किता सुदूरपश्चिम खेलकाे फाईनल पुगेकाे छ । भण्डारी ‘प्लेयर अफ द म्याच’ घोषित भएका छन् ।

बुधबार भएको खेलमा जनकपुरलाई पराजित गर्न अविजित ५८ रन बनाएका भण्डारीले सो अवार्ड प्राप्त गरेका हुन् । उनले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे । विनोद भण्डारीको अर्धशतक मद्दतमा जनकपुर बोल्ट्सलाई ८ विकेटले पराजित गर्दै सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग एनपीएलको फाइनलमा प्रवेश गरेको छ ।

ओपनर विनोदले अविजित रहँदै ५८ रन बनाएपछि जनकपुरले दिएको १४० रनको लक्ष्य सुदूरपश्चिमले १८.३ ओभरमा २ विकेट गुमाएर १४१ रन बनाउँदै पूरा गरेको हो । कप्तान दीपेन्द्र सिंह ऐरीले अविजित २० रन बनाए । उनले १६ बल खेल्दै १ चौका र १ छक्का प्रहार गरे । ऐरीले चौका प्रहार गर्दै खेल जिताएका थिए ।

सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले ‘ममेन्ट अफ द म्याच’ को अवार्ड पनि जिते । उनले २५ हजार रुपैयाँ प्राप्त गरेका छन् । सुदूरपश्चिमका ब्राण्डन म्याकमुलनले ‘क्याच अफ द म्याच’ जितेका छन् । उनले २५ हजार रुपैयाँ प्राप्त गरेका छन् ।

यस्तै जनकपुरका शुभ कंसाकार ‘सुपर फोर’को अवार्ड पनि जिते । जसमा २५ हजार रुपैयाँको पुरस्कारसहित ५ हजार रुपैयाँको एनसेल रिचार्ज भौचर पनि प्राप्त गरेका छन् ।

 

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.