Dashain Suvakamana

सुदूरपश्चिम महोत्सव थप ४ दिन लम्बियाे

धनगढी । धनगढीमा सञ्चालन भइरहेको सुदूरपश्चिम महोत्सवको अवधि ४ दिन थप गरिएको छ । मंसिर २२ गतेबाट सुरु भएको सुदूरपश्चिम महोत्सव पुस २ गते सकिने भएपनि दर्शकको मागलाई मध्यनजर गर्दै पुस ६ गतेसम्म थप गरिएको महोत्सव सचिवालयले जनाएको छ ।

mahotsab

महोत्सव आयोजक कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुवँरले दर्शकको मागलाई मध्यनजर गर्दै ४ दिन थप गरिएको बताए । उनले ४ दिन थप गरेर पुस ६ गते शनिबार समापन गरिने जानकारी दिए ।

हरेक वर्ष यसै समयमा सञ्चालन हुँदै आइरहेको महोत्सवले यस क्षेत्रको आर्थिक गतिविधि चलायमान भइरहेको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.