पत्रकार महासंघकाे सुदूरपश्चिममा काे-कुन पदमा उम्मेदवार

धनगढी । सुदूरपश्चिम प्रदेश पत्रकार महासङ्घको आसन्न निर्वाचनमा आज उम्मेदवारी दर्ता सम्पन्न भएकाे छ । युनियन चाैतारीकाे गठबन्धन हुन नसकेर केन्द्रमा झै प्रदेशमा पनि फुटेर अध्यक्षको लागि तीन जनाको उम्मेदवारी परेको छन्।

अध्यक्षमा केशवराज जोशी, भरतबहादुर शाह र मीन बहादुर बमको उम्मेदवारी परेको छ।  उपाध्यक्षमा मानबहादुर साउद र राम धामीको उम्मेदवारी परेको छ। दुईटै सत्ता गठबन्धन समर्थक पत्रकार हुन् । यस्तै, महिला उपाध्यक्षमा कालिमैया चौधरी र हेमन्ती डगौरा चौधरी, महासचिवमा शिवराज भट्ट र हरि जोशीको उम्मेदवारी परेको छ।

सचिवमा धनराज साउद, भुवनेश्वरप्रसाद बोहरा, शैलेन्द्र रोकायाको उम्मेदवारी परेको छ भने सचिव समावेशीमा इन्द्राकुमारी केसी, मुकेश टेर्रा र रमेश परियारको उम्मेदवारी परेको छ। कोषाध्यक्षमा वरुण पनेरु र हर्कबहादुर विक उम्मेदवार बनेका छन्।

५ सदस्य रहेको सदस्यमा अर्जुन बहादुर सिंह, आशिषबहादुर सिंह, केशवदत्त भट्ट, कृतबहादुर विष्ट,  जनार्दन उपाध्याय,  दिनेशबहादुर कठायत, पदमबहादुर बोहरा, वासुदेव भट्ट, रमेशकुमार केसी, लिलाजंग शाही  र सुभाष कठायत उम्मेदवार छन्।

महिला सदस्य, दलित सदस्य , जनजाति र अपाङ्गता तथा अल्पसङ्ख्या सदस्य लगायत ८ जना निर्विरोध भइसकेका छन्।No description available.

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.