धनगढी । धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालको दिल्लीमा उपचार सुरु गरिएको छ। मस्तिष्क घात भएपछि धनगढीको मायामेट्रो अस्पतालबाट रेफर गरिएका हमालको दिल्लीस्थित म्याक्स अस्पतालमा उपचार थालिएको हो।
अहिले हमालको अवस्था स्थिर रहेको उनकी छोरी आरजुले जनाएकी छन्। शुकवार हमालको स्वास्थ्यमा समस्या देखिएपछि शनिबार उनलाई नयाँ दिल्लीतर्फ लगिएको हो। नगरप्रमुख हमालको सचिवालयका अनुसार उनलाई शुक्रबार राति श्वास फेर्न र मस्तिष्कमा समस्या देखिएको थियो। श्वास फेर्न समस्या भएपछि राति नै उनलाई धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचारका निम्ति भर्ना गरिएको थियो। तर उनलाई रेफर गरेपछि दिल्ली लगिएको हो।
दिल्लीमा पुन: सबैजसाे परिक्षण भैइरहेकाेले रिपाेर्ट आएपछि साेहीअनुसार थप उपचार गरिने र अहिले आईसीयुमा राखिएकाे बताइएकाे छ । ०७९ को स्थानीय तह निर्वाचनमा स्वतन्त्र उमेदवारी दिएर हमाल नगरप्रमुखमा निर्वाचित भएका थिए। उनी केही समय अगाडिदेखि नै अस्वस्थ थिए।