‘गृहमन्त्रीको पिए हुँ’भन्दै ठग्ने बैतडीका एकजना पक्राउ

काठमाण्डौं । गृहमन्त्री रमेश लेखकको ‘प्रमुख स्वकीय हुँ’ भन्दै प्रहरी प्रशासनदेखि विभिन्न निकायमा फोन गर्ने व्यक्तिलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । गृहमन्त्री लेखकको पीए बताउने बैतडी घर भएका २६ वर्षीय करनसिंह विष्टलाई काठमाडौंबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

बिष्टलाई पक्राउ गरी अनुसन्धान थालिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक सानुराम भट्टराईले जानकारी दिए । गृहमन्त्रीको नक्कली पीए बनेर ठगी गर्दै हिँडेका विष्टलाई धुम्वाराहीबाट पक्राउ गरेर कानुनी कारबाही अघि बढिसकेको उनले बताए ।

त्यसैगरी गृहमन्त्रीको सचिवालयले पनि नक्कली पीएको विषय सचिवालयमा आएपछि सुक्ष्म रूपमा जानकारी लिइरहेको थियो । नक्कली पीएले अनावश्यक दबाब दिएर फोन गर्न थालेपछि सचिवालयको आग्रहमा पक्राउ गरिएको हो । गृहमन्त्रीको सचिवालयले पनि विभिन्न क्षेत्रमा पीए सल्लाहाकार हुँ भन्दै फोन गर्ने व्यक्तिहरुबाट सर्तक रहन आग्रह गरेको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.