धनगढी । आज नेपाल प्रिमियर लिग (एनपीएल)मा सुदूरपश्चिम राेयल्स आफनाे दोस्रो खेल आज काठमाडाैं गाेर्खाजसँग खेल्दैछ। त्रिभुवन विश्वबिधालय, किर्तिपुरस्थित खेल मैदानमा दिउँसाे १ः१५ वजेबाट काठमाडाैं गाेर्खाज र सुदूरपश्चिम राेयल्सबिचमा प्रतिस्पर्धा हुनेछ । दुवै टोली पहिलो पटक आमुने सामुने हुदैँछन् ।
हिजोको खेलमा काठमाडौंले कर्णाली याक्सलाई तीन विकेटले पराजित गर्दै पहिलो जीत हासिल गरेको थियाे भने बिराटनगरलाइ हराउँदै सुदूरपश्चिम बिजयी भएर आएकाे टाेली हाे । एक एक खेलमा बिजयी दुबै टाेली एक अर्कालाइ पराजय गराउन मैदानमा उत्रदैँछन् । काठमाडौं गोर्खाजको नेतृत्व करण केसीले नेतृत्व गर्दैछन् भने सुदूरपश्चिमवाट दिपेन्द्र सिंह ऐरीले नेतृत्व गर्ने छन् ।
एनपीएल गत शुक्रवारवाट सुरू भएको थियो । एनपीएलको विजेता टोलीले १ करोड ११ लाख रुपैयाँ पाउने भएको छनभने प्रतियोगिताको उपविजेताले ५० लाख, तेस्रो हुने टिमले ३० लाख र चौथो हुने टिमले २० लाख रुपैयाँ पाउने आयोजकले जनाएको छ।
काठमाडौं गुर्खाज
करण केसी – मार्की, शाहब आलम, भीम सार्की, रसिद खान, शंकर राना, दिपेशप्रसाद कँडेल, सुमित महर्जन, कृष्ण कार्की, विवेक केसी, प्रतीक श्रेष्ठ, राजु रिजाल, नेथन सोउटर (इंग्ल्यान्ड), स्टेफन इस्किनाजी (इंग्ल्यान्ड), ड्यान डौथवेट (इंग्ल्यान्ड), माइकल लेभिट (नेदरल्यान्ड्स), जेहार्ड एरासमस (नामिबिया), कृष कार्की (आइकोनिक)।
सुदूरपश्चिम रोयल्स
दीपेन्द्रसिंह ऐरी – मार्की, आरिफ शेख, अभिनास बोहरा, विनोद भण्डारी, इशान पाण्डे, अर्जुन कुमाल, खडकबहादुर बोहरा, नरेश बुढाऐर, भोजराज भट्ट, अमित श्रेष्ठ, नरेन साउद, ब्रान्डन मक्मलेन (स्कटल्यान्ड), सेफ अलि जेब (इंग्ल्यान्ड), स्कट कुगेलेइन (न्युजिल्यान्ड), रोहन मुस्तफा (युएई), बसन्त खत्री (आइकोनिक)।