धनगढी । कैलालीकाे धनगढीमा दिनप्रतिदिन चिसाे बढिरहेका बेला सुदूरपश्चिम महाेत्सवले तताउने गरेकाे छ । यही मंसिर २२ गतेदेखि पुस २ गतेसम्म सञ्चालन हुने महोत्सवमा आफ्नो कला देखाउन आउने कलाकारहरुको नाम आयाेजकले सार्वजनिक गरिएको छ ।

महोत्सव आयोजक कैलाली उद्योग वाणिज्य संघले कलाकारहरुको नाम सार्वजनिक गरेको हो । संघका अनुसार अभिनेता पल शाह, गायक प्रमोद खरेल, शिव परियार, राजु परियार, बद्री पंगेनी, मञ्जु पौडेल लगायतका कलाकारहरु महोत्सवमा आउनेछन् ।
महोत्सव आउन अव ३ दिन बाँकी रहँदा संघले तयारी अन्तिम चरणमा पुराएकाे छ ।
