काठमाडौं । रुकुमपूर्वको पुथाउत्तरगंगाको उपाध्यक्षमा माओवादी केन्द्रकी नरपुरा बुढा विजयी भएकी छन् । नरपुरा बुढा बिरुद्ध कांग्रेस-एमाले गठबन्धन गरेपनि केही चलेन । गठबन्धन उम्मेदवार एमालेकी केशकुरमारी तुलाचनलाई पराजित गर्दै माओवादीकी नरपुरा निर्वाचित भएकी हुन् ।
बुढाले ३६२७ मत ल्याउँदा एमालेकी तुलाचनले २१२८ मत पाइन् । एमालेकी तुलाचन कांग्रेसको चुनाव चिह्न रुख लिएर प्रतिस्पर्धामा थिइन् ।यसअघि २०७९ मा माओवादीबाट निर्वाचित भूपेन्द्रा बुढाको दुर्घटनामा निधन भएपछि उपनिर्वाचन भएको हो ।
त्यसबेला पनि यहाँ कांग्रेस-एमाले गठबन्धनलाई पराजित गर्दै भूपेन्द्रा विजयी भएकी थिइन् ।