धनगढी-३ मा माओवादीकाे वडा सम्मेलन सम्पन्न, अध्यक्षमा लक्ष्मण

धनगढी । नेकपा (माओवादी केन्द्र) को धनगढी उपमहानगरपालिका वडा नम्बर ३ मा वडा सम्मेलन सम्पन्न भएकाे छ । पार्टीका प्रदेश सचिब तथा संविधान सभा सदस्य जनक बहादुर बुढाको प्रमुख आतिथ्यमा बुधबार सम्पन्न सम्मेलनबाट अध्यक्षमा लक्ष्मण बयलकाेटी सर्वसहमत निर्वाचित भएका हुन् । 

उपाध्यक्षमा इन्द्र पोख्रेल र सुन अछामी, सचिबमा रबि चौधरी, सह-सचिब हिरा चौधरी र कोषाध्यक्षमा देबी चौधरी सर्बसहमत निर्बाचित भएका छन् यस्तै, प्रेम मगर, कमल केसी, कृष्ण धानुक, देबसिंह धामी, कुश्मा शाह, शिलु राना, मुकेश भण्डारी, डेबिट भट्ट, धनबहादुर बिस्ट, केशब खत्री लगायत ३५ सदस्यीय समिति चयन गरिएकाे ३ नम्वर वडाका पूर्व अध्यक्ष बलवहादुर ऐरले जानकारी दिए ।

सम्मेलनकाे बन्दसत्र अघि भएकाे उद्घाटन समाराेहलाई सम्बाेधन गर्दै नेता जनक बुढाले राज्यका सबैजसाे अंगमा समानुपातिक र समावेशी प्रतिनिधित्व गराउने व्यबस्था ल्याएकाे माओवादीले सुशासन कायम गर्न भ्रष्टाचारीकाे ढाेका खाेल्न लाग्दा काँग्रेस एमाले धर्मराएकाेप्रति गाउबस्तीका जनसमुदाय सचेत रहन आग्रह गरे । उनले माओवादीमा गाेलबद्ध भएर समाजमा रहेका त्यस्ता अन्यय अत्याचार, बिकृति र विसंगतीकाे भण्डाफाेर गर्न  समते आग्रह गरे ।

कार्यक्रममा पार्टी प्रदेश सदस्य तथा सेती प्रादेशिक अस्पतालका अध्यक्ष निर्मल शाह र पूर्व वडाध्यक्ष तथा युवा नेता बलवहादुर ऐरले नवनिर्वाचित कमिटीलाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.