Dashain Suvakamana

एनपीएलको उत्कृष्ट खेलाडीले बिजुली कार पाउने

काठमाडौं । पहिलाे पटक आयाेजना हुनलागेकाे नेपाल प्रिमियर लिग (एनपीएल) को यस प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई शारडा ग्रुपले बिजुली कार उपहार दिने घोषणा गरेको छ ।

मंसिर १५ गतेदेखि नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा हुने प्रतियोगिताको ‘प्लेयर अफ द सिरिज’ पुरस्कार जित्ने नेपाली खेलाडीले यो विशेष सम्मान पाउनेछन् । योसँगै एनपीएलमा अटोमोबाइल ब्रान्ड ओमोडा एन्ड जेइको सहप्रायोजक बनेको छ । राजधानीमा आयोजित एक कार्यक्रममा क्यान र ओमोडाको आधिकारिक विक्रेता एसजीपी अटोमोबाइल्सबीच यसबारे सम्झौता गरियो ।

सम्झौतापत्रमा क्यानका सचिव पारस खड्का र एसजीपी अटोमोबाइल्सका निर्देशक गौरव शारडाले हस्ताक्षर गरे । ओमोडा एन्ड जेइकोका निर्देशक गौरव शारडाले यस सहकार्यले नेपालमा क्रिकेटको प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.