धनगढी। धनगढीबाट कञ्चनपुरकाे महेन्दनगर जाँदै गरेकाे बस दुर्घटना भएको छ।दुर्घटनाबाट बसमा सवार २९ जना घाइते भएकाे र त्यसमध्ये २ जनाकाे अवस्था गम्भीर रहेकाे जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक उमेश जोशीले बताएका छन्।
उनका अनुसार कैलालीको धनगढीबाट कञ्चनपुरको महेन्द्रनगर जाँदै गरेको ना ४ ख ७७५५ नम्बरको बस कलुवापुरस्थित बनरामा दुर्घटना भएको हो। धनगढीमा नेत्रविक्रम चन्द (विप्लव) को कार्यक्रममा सहभागि भएर महेन्द्रनगर फर्कदै गर्दा बस दुर्घटना भएको हो।
दुर्घटनामा २९ जना कार्यकर्ता घाइते भएका छन्। २ जनाको अवस्था गम्भिर रहेको घाइतेहरुलाई उपचारका लागि अत्तरिया पठाइएको उनले बताए। घटनाको विषयमा विस्तृत विवरण आउन भने बाँकी नै छ।