धनगढी । कैलालीको अत्तरियाबाट अनैतिक कृयाकलापमा संलग्न ३ जना पक्राउ परेका छन । गोदावरी नगरपालिका– १ मनेरास्थित पिके होटल एण्ड लजमा अनैतिक कृयाकलाप गर्ने हाेटल मालिकसहित ३ जनालाई प्रहरीले पक्राउ गरेकाे हाे ।
हाेटलमा अनैतिक कृयाकलाप भईरहेको सूचनाका आधारमा खटिएको प्रहरीको टोलीले होटल संचालकसहित १ जना पुरुष र एक महिला अनैतिक कृयाकलाप गरीरहेको अवस्थामा फेला परेकाे थियाे ।
पक्राउ परेका तीनै जनामाथि अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।