Dashain Suvakamana

पुईलेक विमानस्थलका लागि उपयुक्त ठाउँ : देउवा

डडेल्धुरा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले डडेल्धुरामा प्रस्तावित पुईलेक विमानस्थलको स्थलगत अवलोकन गरेर ठाउँ उपयुक्त भएको बताएका छन् । जिल्ला सदरमुकामसँगै पश्चिमतर्फ रहेकाे अजयमेरु गाउँपालिका–१ समैजी पुईलेक डाँडामा पुगेर बिहीवार उनले यस्तो बताएका हुन ।

केही दिनदेखि डडल्धुरामै रहेका उनले प्रस्तावित पुइलेक विमानस्थलको निरीक्षण गर्दै हवाइमैदान निर्माणका लागि सम्भाव्यता सर्भे भएको र अब ‘डिटेल सर्भे, डिटेल डिजाइनिङ’ गरिने बताए । २०७६ मा विमानस्थल निर्माणका लागि उक्त स्थान छनोट गरिएको थियो । नागरिक उड्डयन प्राधिकरणको टोलीले स्थलगत अध्ययनका आधारमा उक्त डाँडा क्षेत्र उपयुक्त हुने देखिएकाे थियाे । त्यसपछि विमानस्थल निर्माणका लागि सर्वेक्षण समेत भएको थियो ।

तीन पटक प्रारम्भिक अध्ययन गरी विमानस्थल निर्माण गर्न चार अर्ब रकम आवश्यक पर्ने अनुमान गरिएको उक्त स्थान उग्रतारा–मेलौली सडकसँग जोडिएको पुइलेकमा विमानस्थल निर्माणका लागि प्रारम्भिक चरणको अध्ययनपछि वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) गर्ने तयारी थालिएको दुई वर्ष पुगेको छ ।

पुइलेकमा एक हजार मिटरदेखि एक हजार सातसय मिटर लम्बाईको धावनमार्ग बनाउन सकिने प्रारम्भिक अध्ययनमा देखिएको थियो । २०७९ भदौ महिनाको सुरुमै तेस्रो पटक प्रारम्भिक अध्ययन गरेर (ईआईए) को तयारी थालिएको थियो । तर साे ठाउँमा बिमानस्थल निर्माणमा देउवा पक्ष अनईच्छुक रहेकाेले ढिलाई भैरहेकाे भन्ने गरिन्थ्याे ।

सुदूरपश्चिमका पहाडी जिल्ला डोटी, दार्चुला, बैतडी, बझाङको केन्द्रविन्दु भएकै कारण डडेल्धुरामा विमानस्थल सञ्चालनमा आए सुदूरपश्चिमको दुर्गमका बासिन्दाले यातायातमा राहत हुने विश्वास लिइएकाे छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.