मालिकार्जुनका दर्शनार्थी बोेकेको जिप दुर्घटना, ६ जनाको मृत्यु

धनगढी । दार्चुलाकाे मालिकार्जुनबाट गोकुलेश्वरतर्फ आइरहेको जिप दुर्घटना हुँदा ६ जनाको मृत्युु भएको छ। सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख प्रहरी उपरीक्षक(एसपी) राजिव बस्नेतले मृतकको सनाखत हुन बाँकी रहेकाे बताए।

शैल्यशिखर नगरपालिका –६ को बकजेबलामा म१ ज ३३८ नम्बरको जिप दुर्घटना हुँदा ६ जनाको मृत्युु भएको प्रहरीले जनाएको छ। अन्य ७ जना घाइते भएका छन् भने बाँकी यात्रु पनि सवार रहेको हुनसक्ने भएकाले खोजी भइरहेको छ।

बिहान ४ बजेतिर दुर्घटनामा परेको हो। प्रहरीकाअनुसार स्थानीय मालिकार्जुन मन्दिरमा लागेको जात्रा हेरेर फर्किने क्रममा दर्शनार्थी बोकेको जिप दुर्घटनामा परेको हो। जिप सडकबाट करीब १०० मिटर तल खसेको छ। दुर्घटनाको कारण भने खुलेको छैन्।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.