ईतिहास रच्दै नेपाली यु–१९ महिला विश्वकपमा

धनगढी । नेपालको महिला यु–१९ क्रिकेट टिमले बुधबार आइसिसी यु–१९ विश्वकपमा खेल्ने सपना साकार पारेको छ । संयुक्त अरब इमिरेट्स (युएई) को दुबइस्थित दी सेभेन रङ्गशालामा भएको आइसिसी महिला यु–१९ विश्वकप एसिया छनोटको अन्तिम खेलमा घरेलु टिम युएईलाई आठ विकटले हराएपछि नेपालको महिला यु–१९ टिमले इतिहास बनाएको हो ।

नेपालको महिला क्रिकेट टिमले पहिलो पटक विश्वकप खेल्न लागेको हो । यसअघि नेपाली पुरुष क्रिकेटको यु–१९ तथा सिनियर पुरुष क्रिकेट (दुई पटक टी–२०) ले मात्र विश्वकप खेलेको छ । नेपालले अब १६ टिम सहभागी हुने विश्वकपमा अस्ट्रेलिया, बङ्गलादेश र स्कटल्यान्डविरुद्ध समूह डीमा खेल्ने छ । यु–१९ महिला विश्वकप पनि मलेसियामा अर्को वर्ष आयोजना हुने छ ।

युएईविरुद्धको जितले नेपाल विश्वकपमा मात्र होइन, यु–१९ महिला एसिया कप खेल्न पनि योग्य भयो । अर्को महिना मलेसियामै हुने यु–१९ महिला एसिया कपमा नेपालले समूह बीमा भारत र पाकिस्तानसँग खेल्ने छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.