नेकपा माओवादी केन्द्रले पुस २ मा केन्द्रीय समिति बैठक बोलायाे

काठमाडौँ । नेकपा माओवादी केन्द्रले केन्द्रीय समिति बैठक बोलाएको छ । आज सोमबार बसेको पार्टी पदाधिकारी बैठकले पुस २ देखि ७ गतेसम्म केन्द्रीय समिति बैठक गर्ने निर्णय गरेको हो।

बैठकको तयारीका लागि मंसिर ३ गते फेरि पदाधिकारी बैठक बोलाएको सचिव दिनानाथ शर्माले जानकारी दिए । यस्तै उपनिर्वाचनमा अन्य दलसँग तालमेल नगर्ने निर्णय गरेको सचिव दीनानाथ शर्माले जानकारी दिए । यद्यपि आवश्यकताअनुसार केही स्थानमा भने विपक्षी मोर्चामा रहेका केही दलसँग तालमेल भने गर्न सकिने ढोका खुलै राखिएको उनले बताए ।

बैठकले आगामी मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि प्रदेश र जिल्ला कमिटीबाट सिफारिस भएका उम्मेदवारहरूको नाम अनुमोदन गरेको पार्टी उपाध्यक्ष अग्नि सापकोटाले जानकारी दिए । निर्वाचनमा सफलता हासिल गर्न बैठकले योजना र कार्यक्रम समेत बनाएको छ । पार्टीले मङ्सिर मसान्तसम्म पालिकासम्म खबरदारी सभा गर्ने र सम्मेलन सँगसँगै गर्ने निर्णय गरेको उनले बताए।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.