जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु, सातको हेलिकप्टरबाट उद्धार

धनगढी । कालिकोटमा जिप दुर्घटनामा परी घाइते भएका सात जनाको हेलिकप्टरबाट उद्धार गरिएका छ। नेपाली सेनाको हेलिकप्टरबाट घाइतेको उद्धार गरी कर्णाली प्रदेश अस्पताल सुर्खेत पठाइएको हो।

घटना लगत्तै नेपाली सेनाको उत्तर पश्चिम एयरबेस सुर्खेतबाट गएको हेलिकप्टरले घाइतेहरुको उद्धार गरेको हो। उक्त दुर्घटनामा परी ६ जनाको मृत्यु भएको जनाइएको छ। आइतबार कालिकोटको पलता गाउँपालिका–६, को नेटाबाट सोही पालिकाको वडा नम्बर ९ को थिर्पुतर्फ आउँदै गरेको कर्णाली प्रदेश ००१ ज ५६ नम्बरको बलोरो जिप वडा नम्बर ३ को काप्रेखोलामा दुर्घटनामा परेको थियो।

उक्त दुर्घटनामा परी १३ जना गम्भीर घाइते भएका छन्।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.