Dashain Suvakamana

कोशीमा सत्ता गठबन्धनबीच खटपट, एमाले मन्त्रीले दिए राजीनामा

धनगढी । बर्तमान सत्ता गठबन्धन एमाले कंग्रेसवीच काेशी प्रदेशमा खटपट देखिएकाे छ । बिवादकावीच कोशी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री लीलाबल्लभ अधिकारीले पदबाट राजीनामा दिएका छन् । उनी एमाले तर्फका मन्त्री हुन् ।

मन्त्रिपरिषद्‍बाट स्वीकृत नगरी जापान भ्रमणमा गएको विषयमा विवादमा तानिएपछि अधिकारीले राजीनामा दिएका हुन् । अधिकारी केही दिनअघि भ्रमण स्वीकृत नगरी जापान गएपछि विवादमा तानिएका थिए ।

मन्त्रीहरूले विदेश भ्रमणमा जाँदा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत परराष्ट्र मन्त्रालयको सहमति लिनुपर्ने र विदेश भ्रमणको सहमतिका लागि परराष्ट्र मन्त्रालयमा लेखिपठाउँदा प्रदेश मन्त्रिपरिषद्को निर्णय सहित पठाउनुपर्ने व्यवस्था छ ।

तर मन्त्री अधिकारी मन्त्रीपरिषद्को निर्णयविपरीत जापान पुगेका थिए । मन्त्री अधिकारीले राजीनामा दिएपछि उक्त मन्त्रालयमा एमालेले अर्की सांसद मीना श्रेष्ठलाई मन्त्री बनाउने तयारी गरेको बताइएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.