इग्ल्याण्डलाई हराएकाे नेपालले आज अस्ट्रेलियालाई पनि हरायो

काठमाडौं । हङकङ सिक्सेसको पूल ‘बी’को अन्तिम खेलमा नेपालले अस्ट्रेलियामाथि ११ रनको शानदार जित निकालेको छ । क्रिकेटका महारथी मानिने इग्ल्याण्डलाई हराएकाे नेपालले आज अस्ट्रेलियालाई पनि हरायो । यो जितसँगै नेपाल समूह विजेता बन्दै क्वाटरफाइनल प्रवेश गरेको छ ।

शनिबार बिहान हङकङको मोङ कक मैदानमा टस हारेर सुरुमा ब्याटिङ गरेको नेपालले अस्ट्रेलियालाई ११२ रनको चुनौती दिएको थियो । अस्ट्रेलियाले पूरै ६ ओभर खेल्दै  सबै विकेटको क्षतिमा १०० रन मात्रै बनाएको हो ।

नेपालका लागि प्रतिश जिसीले तीन विकेट लिँदा लोकेश बमले एक विकेट हात पारे । कप्तान सन्दिप जोराले विष्फोटक ब्याटिङ गर्दै ५० रनमा नटआउट रहे । उनी अर्धशतकपछि रिटायर लिन पाउने भएकोले उनी रिटायर्ड नटआउट रहे।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.