महेन्द्र नगर, अत्तरिया र बझाङबाट एकै दिन २६ जुवाडे पक्राउ

धनगढी । सुदूरपश्चिमको तीन जिल्ला कैलाली, कञ्चनपुर र बझाङबाट एकै दिन २६ जना जुवाडे पक्राउ परेका छन्। कैलालीको गोदावरी नगरपालिका–८ हरीनगर बस्ने प्रदिप भुलको घरबाट जुवातास खेलिरहेको अवस्थामा भुलसहित ९ जनालाई इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले मंगलवार राति पक्राउ गरेको हो।

उनीहरुलाई नगद ६१ हजार २३०, २ गड्डीतास र बागमती प्रदेश ०२–०४१ प १८५४ नम्बरको स्कुटीसहित पक्राउ गरेका हो। पक्राउ पर्नेमा गोदावरी नगरपालिका – ४ का २७ वर्षीय नबिन थापा, सोही ठाउँका २४ वर्षीय भबेन्द्र पौडेल, गोदावरी नगरपालिका – ८ का ३७ वर्षीय सेर बहादुर कामी, सोही ठाउँका ३७ वर्षीय नरेश बहादुर कठायत, ३४ वर्षीय पुरन थापा, १८ वर्षीय रोशन भुल, ३५ वर्षीय चन्द्र बिसी र डडेल्धुराको अमरगढी नगरपालिका – १० का २९ वर्षीय हरिष कोली रहेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।

यस्तै कञ्चनपुरको भीमदत्त नगरपालिका–५ बनगाँउ स्थित ३२ वर्षीय भिम घटालको घरबाट जुवातास खेलिरहेको अवस्थामा घटालसहित १२ जना पक्राउ पेरका छन्। यी १२ जनालाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नगद ८२ हजार ३२२ र ६ गड्डी ताससहित पक्राउ गरेको हो।

उता बझाङको जयपृथ्वी नगरपालिका–९ सिमखेत बस्ने ६५ वर्षीय बजुर खड्काको कुखुरा फर्मबाट जुवातास खेलिरहेको अवस्थामा खड्कासहित ५ जना जुवाडे पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरी टोलीले यी पाँच जनालाई नगद ६६ हजार १३० र २ गड्डी ताससहित पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.