अत्तरिया प्रहरीले भेट्टाएको नगदसहित गरगहना ब्याग फिर्ता गर्यो

धनगढी । इलाका प्रहरी कार्यालय मालाखेतिले अत्तरिया बसपार्कमा भेट्टाएकाे नगद सहित गरगहनाकाे ब्याग फिर्ता गरेकाे छ । सोमवार फेला पारेको उक्त नगद रुपैयाँ र सामानलाई सम्बन्धित धनिको पहिचान गरि हस्तान्तरण गरेको हाे।

गोदावरी नगरपालिका–२ बसपार्क स्थित सडक खण्डमा झोलासहित भारतीय रुपैयाँ नगद ६२ हजार ५ सय र नेपाली ९९ हजार, सुनको तिलहारी १ थान, चन्द्रमा १ थान, कानको रिङ २ थान, नाकमा लगाउने नथीया १ थान फेला पारेको थियाे।

प्रहरीले  उक्त सामान धनगढी उपमहानगरपलिका-५ बस्ने ४० वर्षीया शारदा कठायतको भएकोले कठायतलाई कार्यालयमा बोलाई जिम्मा लगाईएको बताइएकाे छ। 

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.