साफ वुमन्स च्याम्पियनसिप २०२४ अन्तर्गत नेपाल र भारतबीचको सेमिफाइनल अन्तत सावित्रा भण्डारी साम्बाको अग्रेसन र गोल अनी पेनाल्टी सुटआउटमा अन्जनको बचाउने नेपालले भारतलाई पेनाल्टीसुटआउटमा ४-२ ले हराएर लगातार दोस्रो पटक साफ वुमन्स च्याम्पियनसिपको फाइनलमा स्थान बनायो ।
त्यसअघि निर्धारित समयमा रेखा पौडेलले रातो कार्ड पाएपछि नेपाल एक खेलाडी कममा खेलेको थियो । त्यसको फाइदा उठाउदै संगिता बासफोरेले भारतलाई अग्रता दिलाएकी थिइन् । त्यसपछि खेल रोकियो र तनावग्रस्त बन्यो अनी खेल फेरि सुरु भएपछि उनै सामबाले नेपालका लागि बराबरी गोल गर्दै खेलमा फर्काएकी थिइन् । निर्धारित समय १-१ को बराबरीमा सकिएपछि खेलको निर्णय सिधै पेनाल्टीसुटआउटबाट भएको थियो ।
नेपालले साफमा भारतलाई लगातार दोस्रो पटक हराएको हो भने समग्रमा छैटौं पटक साफको फाइनलमा पुगेको हो । नेपालले अब उपाधिका लागि बुधबार बंगलादेशसँग खेल्नेछ । उता नेपाल अमेरिकासँग तीन विकेटले पराजित भएको छ । जारी आइसिसी पुरुष क्रिकेट विश्वकप लिग–२ शृङ्खलाको पहिलो खेलमा अमेरिकाले नेपाललाई तीन विकेटले पराजित गरेको हो ।
अमेरिकाको ग्राण्ड प्रेरी क्रिकेट रंगशाला डालसमा नेपालले दिएको २ सय ८७ रनको लक्ष्य पछाएको अमेरिकाले ४९.४ ओभरमा सात विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो । अमेरिकाका लागि शयान जगागिरले १०४ रनको शतकीय पारी खेलेका थिए भने कप्तान मोनांक पटेलले ६२, हर्मीत सिघले ५७ रन बनाएका थिए । नेपालका लागि कुशल भुर्तेलले ६ ओभरमा २३ रन खर्चेर चार विकेट लिए । सोमपाल कामीले दुई र ललित राजवंशीले एक विकेट लिए ।
यसअघि नेपालले टस हरेर पहिला ब्याटिंग गर्दै ५० ओभरमा अल आउट हुँदै २ सय ८६ रन बनाएको थियो । नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ९६ रन बनाएका थिए भने अनिल शाहले ५६, आसिफ सेखले ५२ र आरिफ सेखले ३७ रन बनाएका थिए ।