धनगढीबाट १३ जुवाडे पक्राउ, भाग्नेक्रममा १ को मृत्यु

धनगढी । कैलालीको धनगढीमा प्रहरीले १३ जना जुवाडे पक्राउ गरेको छ । धनगढी उपमहानगरपालिका-९ बङग्राकटानको खेतबारीमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँका ३४ वर्षका हरि विष्टसहित ७ जनालाई पक्राउ गरेको प्रहरीले बताएको छ ।

गोप्य सूचनाको आधारमा वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको टोलीले उनीहरुलाई २८ हजार ५६० रुपैयाँ र एक गड्डी ताससहित पक्राउ गरी आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । यसैगरी, धनगढी-७ बेलिबजारका महेश चौधरीको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने २९ वर्षका हिक्मत थापासहित ६ जनालाई वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको टोलीले ६४ हजार २३५ रुपैयाँ र एक गड्डी ताससहित पक्राउ गरेको प्रदेश प्रहरीले जनाएको छ ।

उता, गोदावरी नगरपालिका–१२ का करन विकको जुवाखालबाट भाग्नेक्रमा मृत्यु भएको छ । जुवाखालबाट भाग्नेक्रममा भिरबाट खसेर मृत्यु भएकाे प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको इलाका प्रहरी कार्यालय मालाखेतीका निमित्त इन्चार्ज प्रहरी निरीक्षक दानसिँ भण्डारीले बताए। उनको शव ओलानीस्थित कोल्मोडाको छोट्यास कुलोमा फेला परेको थियो।

विकका परिवारले भने उनको हत्या गरेको भन्दै प्रहरीमा जाहेरी दिएका छन्। मृतक विकको सव पोष्टमार्टमलागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान थालेको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.