
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले अपाङ्गता नीति बनाएकाे खुशियालीमा कैलालीकाे धनगढीमा रहेका अपाङ्गता भएका नागरिकले खुशियाली मनाएका छन् । प्रदेश सरकारसँगकाे लामाे छलफलपछि सुदूरपश्चिममा पहिलाे पटक अपाङ्गता सम्वन्धी प्रादेशिक नीति २०८१ जारी गरिएकाे राष्टिय अपाङ्ग महासंघ प्रदेश अध्यक्ष मानवहादुर साउदले जानकारी दिए । साेही खुशियालीमा अपाङ्गता सराेकारवालाले आज केक काटेका हुन् ।
अपाङ्गता भएक व्यक्तिकालागि स्वबलम्बन जीवनपद्धती केन्द्र, काठमाडौँ, मेरुदण्डिय पक्षघात र नीडवान संस्थाकाे संयुक्त आयाेजनामा कैलालीकाे धनगढीस्थित डिभाेर्टी हाेटलमा आयाेजित सुदूरपश्चिम प्रदेशभित्रका स्थानीय तहका जनप्रतिनिधिसँग अपाङ्गता समावेशी विकास सम्बन्धी दुई दिने अभिमुखीकरण समापन कार्यक्रममा नीति लागु गरेकोमा प्रदेश सरकारलाई धन्यवाद दिइएकाे थियाे ।
अपाङ्गता अधिकारकर्मी मनिश प्रसाई, अपाङ्गता भएक व्यक्तिकालागि स्वबलम्बन जीवनपद्धती केन्द्रका महासचिब गणेश केसी र राष्टिय अपाङ्ग महासंघ प्रदेश अध्यक्ष मानवहादुर साउदले स्थानीय तहका जनप्रतिनिधिलाई दुई दिनसम्म अपाङ्गता समावेशी विकास सम्बन्धी अभिमुखिकरण गरेका थिए ।
नीति वनाउन त्रिलाेचन भट्ट सरकारकाे बेलादेखि सुरु गरिएकाे भएपनि अहिले मात्रै मन्त्रीपरिषदवाट पास भइ लागु भएकाे राष्टिय अपाङ्ग महासंघ प्रदेश अध्यक्ष मानवहादुर साउदले जानकारी दिए । यति लामाे अबधिमा सबैभन्दा बढी तत्कालिन सामाजिक विकासमन्त्री झपट साँउदले सकृयता देखाएकाे उनकाे भनाई थियाे ।
कार्यक्रममा प्रदेशसभा सदस्य, पालिकाका मेयर/उपमेयर, अध्यक्ष/ उपाध्यक्ष, वडा अध्यक्ष तथा कार्यपालिका सदस्य र अपाङ्गता अधिकारकर्मीहरु लगायत तीन दर्जनबढीको सहभागिता रहेको थियो ।
