धनगढी । सुदूरपश्चिम प्रदेशसभा सदस्य शिब सिंह ओलीले नेपालले भारसँग सहअस्थित्व र राष्ट्रिय हितको आधारमा अगाढी बढ्नु पर्नेमा जोड दिएका छन् । आईतवार भारतको राजधानी नयाँ दिल्लीमा आयोजित चाैथाे दयाल स्पाेर्स कप तेक्वन्दाे च्याम्पियनसीपकाे उद्घाटन गर्दै यस्ताे बताएका हुन् ।
उनले नेपाल भारत बीचको मैत्री सम्बन्ध धेरै पुरानो भएकोले दुबै देशबीच सुमधुर सम्बन्ध रहनु पर्ने भन्दै यसकालागि दुबै देश आपसमा सहअस्थित्व र राष्ट्रीय हितको आधारमा अगाढी बढ्नु पर्नेमा जोड दिए । सांसद ओलीले खेलकुदको माध्यमबाट थप आपसी भावनात्मक सम्बन्ध बढ्नुका साथै गहिराे मित्रता कायम हुने बिश्वाससमेत ब्यक्त गरे ।
उक्त प्रतियोगितामा भारतका बिभिन्न प्रान्तका ३०० खेलाडीले भाग लिएका छनभने खेलकुद प्रतियोगिताको आयोजना दयाल स्पोर्टसले गरेको हाे । कार्यकर्मको अध्यक्षता दयाल स्पोर्ट्सका प्रमुख अर्जुन दयालले गरेका छनभने कार्यक्रममा नेपाली प्रवासीहरुको विभिन्न सङ्घ सस्थाको पनि उपस्थिति रहेकाे छ ।
