काठमाडौँ । सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको छ । आज बुधवार सुनको मूल्य एक हजार तीन सय रुपैयाँले बढेर अहिलेसम्मकै उच्च तोलामा १ लाख ६१ हजार आठ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
हिजो सुनको मूल्य तोलामा १ लाख ६० हजार पाँच सय रुपैयाँ रहेको थियो । यसअघि यही असोज १८ गते १ लाख ६१ हजार ३ सय रुपैयाँ पुगेको थियो ।
चाँदीको मूल्य पनि आज २५ रुपैयाँले बढेर तोलाको एक हजार नौ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।