Dashain Suvakamana

दसैँ बिदा सकिएपनि अझै दुई दिन टीका लगाउन मिल्ने

Ajai

धनगढी । नेपालीहरुकाे महान पर्व दसैंमा सरकारले दिने सार्वजनिक बिदा मंगलबारदेखि सकिएको छ । जसअनुसार आजदेखि सरकारीसहितका कार्यालय खुल्दैछन् । सप्तमी अर्थात असोज २४ देखि सुरु भएको बिदा आज त्रियाेदशीका दिनदेखि खुल्न लागेको हो ।

सरकारी विदा सकिएपनि विजयादशमीको टीका जमरा लगाउने क्रम भने पूर्णिमा अर्थात कात्तिक १ सम्मनै जारी रहनेछ । जसअनुसार आश्विन शुक्लपक्ष त्रयोदशीका दिन आज पनि मान्यजनबाट आशीर्वादस्वरुप नवदुर्गाको प्रसादका रुपमा टीका र जमरा लगाउने क्रम निरन्तर रहेको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.