Dashain Suvakamana

नेपाल-भारत सीमामा गोली चल्याे, एक नेपाली घाइते

Ajai

कैलाली । बर्दिया जिल्लाको सदरमुकाम गुलरिया–८ स्थित नेपाल भारत सिमानामा आइतबार राति भएको गोली प्रहारबाट एक जना नेपाली नागरिक घाइते भएका छन् । राति करिब ७ बजे खेतमा काम गरि रहेको समयमा गुलरिया-८ आशापुरका बलराम लोध माथि गोली प्रहार भएको जानकारी आएको सशस्त्र प्रहरी बल ३१ नम्बर गण बर्दियाले जनाएको छ ।

लोधलाई गोली लागेको घटना राति ८ बजे प्रहरीलाई आफन्तले जानकारी गराएका थिए । घाइतेलाई तत्काल उपचारका लागि जिल्ला अस्पताल गुलरियामा पुराइएको थियोे । उनको उपचार त्यहाँ सम्भव नभएपछि बाँकेको कोहलपुरस्थित नेपालगन्ज मेडिकल कलेजको शिक्षण अस्पताल पुरयाईएको छ ।

प्रहरीका अनुसार गोली कसले चलायो भन्ने बारेमा अनुसन्धान भईरहेको छ । तर, घाइते लोधले भने भारतीय वनकर्मीले आफुमाथि गोली चलाएको बयान दिएको छन् । उनको ढाडमा गोलीको छर्रा लागेको प्रहरीले जनाएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.