धनगढी । केही यस्ता गीत हुन्छन् जसलाई नसुनी धेरैलाई चाडपर्व आएको महसुस हुँदैन । संगीतले ‘फेस्टिभल मुड’ सिर्जना गर्न ठूलो भूमिका खेलेको हुन्छ । जुनसुकै जनराको किन नहोस्, चाडलाई मनाउने कुरामा यस्ता गीतले ऊर्जा थप्ने गरेका छन् ।
हरेक वर्ष दशैं आएसँगै केही गीत निकै गुञ्जिन थाल्छन् । गीतमार्फत गुञ्जिने हाँसो, रोदन र भावनाको प्रतिक्रियाले धेरैलाई यी गीत सुन्न मोहित पनि तुल्याउने गरेको छ । केही यस्ता गीत यहाँ प्रस्तुत गरिन्छ, जसलाई दशैंमा धेरै सुनिन्छ ।