
धनगढी । नेपाल प्रिमियर लिग (एनपीएल) का लागि सहभागी हुने आठवटै टीमले अक्सनमार्फत् ११ खेलाडी भित्र्याएका छन्। फ्रेन्चाईजीको मार्की खेलाडी दीपेन्द्र सिंह ऐरी रहेकाे सुदूरपश्चिम राेयल्सले आईतवार अक्सन मार्फात नेपाली राष्ट्रिय क्रिकेट टिमका ब्याट्सम्यान आरिफ शेख लगायत ११ खेलाडीलाई आवद्ध गरेकाे हाे।
आइतवार भएको अक्सनमा सेखलाई १५ लाखमा सुदूरपश्चिमले किनेको हो। त्यस्तै टी–२० क्रिकेटमा डेथ ओभर स्पेस्लिष्टको पहिचान बनाएका बलर अबिनास बोहोरा पनि सुदूरपश्चिम बाट खेल्ने भएका छन्। यस्तै अन्य खेलाडीमा विनोद भण्डारी, इशान पाण्डे, अर्जुन कुमाल, खडकबहादुर बोहरा, नरेश बुढाऐर, भोजराज भट्ट, अमित श्रेष्ठ र नरेन साउद रहेका छन्।
