Dashain Suvakamana

कैलालीकाे अत्तरियाबाट ९ जना जुवाडे पक्राउ

Ajai

धनगढी । कैलालीको अत्बातरियाट ९ जना जुवाडे नगदसहित पक्राउ परेका छन्। गोदावरी नगरपालिका–१ स्थित विजयनगरमा केशरसिंह गुरुङको घरमा जुवातास खेलिरहेका ९ जना शनिबार दिउँसो पक्राउ परेका हुन्।

पक्राउ पर्नेमा गोदावरी नगरपालिका–१ का ६६ वर्षीय घरधनी गुरुङ, ४२ वर्षीय निरज शाह, ४१ वर्षीय खगेन्द्र योगी, गोदावरी–२ का ४० वर्षीय बुद्धी सापकोटा, ३७ वर्षीय नरेश रोकाया, ६३ वर्षीय मिनप्रसाद सिरिस, ४० वर्षीय मानबहादुर ऐरी, वडा नम्बर ४ का ५४ वर्षीय धिर्कबहादुर बम र ४० वर्षीय विजय चौधरी रहेका छन्।

उनीहरुको साथबाट ३१ हजार तीन सय ७० रुपैयाँ नगद समेत बरामद गरिएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ। पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.