धनगढी । भारतीय सीमासँग जाेडिएकाे कञ्चनपुरको त्रिभुवनबस्तीमा नेपाल प्रहरीको गस्ती टोलीमाथि आक्रमण भएको छ। स्थानीयवासीको आक्रमणमा परि प्रहरी ईन्स्पेक्टर महेश विक्रम शाही घाइते भएका छनभने गस्तीको गाडीमा तोडफोड गरिएको छ ।
चार्डपर्वका बेला हुने अपराधिक गतिविधि नियन्त्रण गर्ने उद्धेश्यले गएराति करिब ९ बजेको समयमा पुनर्वास नगरपालिका–७, च–गाउँमा गस्तीमा निस्केको प्रहरी टोलि जब पुनर्वास–७, बुद्धबस्तीमा खडखडे खेलीरहेकालाई नियन्त्रणमा लिन खोज्यो अनि स्थानीयवासीन्दासँग विवाद उत्पन्न भयो।
‘खडखडे भईरहेको थियो, सम्झाएर नियन्त्रण गर्न खोज्दा ममाथि २५/३० जनाको समुहले आक्रमण गरे।’ ईन्स्पेक्टर शाहीले भने, आक्रमणबाट मेरो कानमा चोट लागेको छ, अन्य चार जना प्रहरीलाई सामान्य चोट लागेको र भ्यानको अगाडीको सीसा र पछाडीको छानोमा क्षति पुगेको छ।’
आक्रमणपछि गाउँका महिला र बालबालिका समेत आउन थालेपछि घटना स्थलबाट फर्किएको ईन्स्पेक्टर शाहीले बताए। आक्रमणमा परेका ईन्स्पेक्टर शाहीको पुनर्वास नगरपालिका–६ स्थित टाउन हस्पिटलमा उपचार भएको थियो। आक्रमण गर्नेहरुको पहिचान गरी कानुन बमोजिम कार्वाही गरिने ईन्स्पेक्टर शाहीको भनाई छ।