Dashain Suvakamana

आजबाट धनगढी-महेन्द्रनगर द्रुत बस सेवा सञ्चालन

Ajai

धनगढी । कैलालीकाे धनगढीदेखि कञ्चनपुरकाे महेन्द्रनगरसम्म द्रुत बस सेवा संचालनमा आएको छ । सुदूरपश्चिम प्रदेश सरकार, सुन्दर सुदूरपश्चिम यातायात प्रालि र महाकाली यातायात प्रालिको संयुक्त साझेदारीमा आज (मंगलबार) बाट धनगढी-महेन्द्रनगर द्रुत बस सेवा संचालनमा आएको हाे ।

बस सेवाको नेपाल यातायात ब्यबसायी महासंघका प्रदेश संयोजक टेकराज जोशी, यातायात ब्यवस्था कार्यालय सेतीका प्रमुख नरेन्द्रबहादुर शाह र सुन्दर सुदूरपश्चिम यातायात प्रालिका अध्यक्ष पदमराज सापकोटाले संयुक्त रुपमा उद्घाटन गरेका छन । बसले धनगढीदेखि महेन्द्रनगर र महेन्द्रनगरदेखि धनगढी एक घण्टामा पुराउनेगरी यातायात संचालनमा ल्याइएको अध्यक्ष सापकोटाले बताए ।

धनगढी स्थित बसपार्कबाट बिहान ८ : ३० बजे छुट्ने द्रुत बस सेवा महेन्द्रनगरबाट साझ ५ : ३० छुट्ने संघका महासचिव सुरेन्द्र बोहराले बताए । धनगढी बसपार्कबाट छुट्ने बसले गोदावरी नगरपालिकाको अत्तरिया, कृष्णपुर नगरपालिकाको गुलरिया, शुक्लाफाटा नगरपालिकाको झलारी, बेदकोट नगरपालिकाको दैजि र भिमदत्त नगरपालिकाको बसपार्क गरि पाँच स्थानबाट मात्रै यात्रुहरु चढाउने र ओराल्ने कार्य गरिने प्रालिका महासचिव बोहराले बताए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.