बैतडी । बैतडीमा जिप दुर्घटना हुँदा घाइते भएकी सुर्नया गाउँपालिका–८ की १८ वर्षीया सविना महराको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएकी सविनाकाे धनगढीमा उपचारकै क्रममा मृत्यु भएको आफन्तले जानकारी दिएका हुन् ।
सुर्नया गाउँपालिका–८ ढुंगाकोटमा बाचपानीबाट दोराका लागि छुटेको सुदूरपश्चिम प्रदेश ०१००ज १३५४ नम्बरको जिप मंगलबार दुर्घटना भएको थियो। उक्त जिप दुर्घटना परी घाइते भएका अन्य चार जना उपचारपछि घर फर्किएका छन्।
घाइते हुनेमा चालक सुर्नया गाउँपालिका–७ का लालबहादुर कुँवर, सुर्नया–८ का २१ वर्षीय कृष्ण मडै, सोही ठाउँका ४५ वर्षीय मानबहादुर महरा र ४० वर्षीय धनबहादुर महराको डडेल्धुरामा उपचार भएपछि घर फर्किएका हुन्। जिप सडकबाट २० मिटर तल खसेको बुझिएको छ ।