
धनगढी । कैलालीको धनगढी अत्तरिया ६ लेन सडकमा शनिबार साँझ भएका मोटरसाइकल दुर्घटनामा एक जनाकाे मृत्यु भएकाे छभने चार जना घाइृते भएका छन् । गोदावरी नगरपालिका–१ धनगढी रोडमा मोटरसाइकल दुर्घटना हुँदा घाइते भएका चालक धनगढी उप–महानगरपालिका–५ जाँईका २७ वर्षिय संजय चौधरीकाे उपचारकै क्रममा सेती अस्पतालमा शनिबार राती नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
अत्तरियाबाट धनगढीतर्फ जाँदै गरेको सुपप्र ०१००८ प ९९९८ मोटरसाइकल आफै अनियन्त्रीत भएर दुर्घटना भएको थियो । यस्तै, धनगढी उपमहानगरपालिका–३ चटकपुरमा सुपप्र ०१००८ प ८८०५ र से७प ५७४१ नम्बरको मोटरसाईकल एकआपसमा ठोक्किदा चार जना घाईते भएका छन् ।
घाईते हुनेमा धनगढी उपमहानगरपालिका–३ बस्ने २३ वर्षिय उमेश चन्द, अछामको साफेबगर नगरपालिका–१४ का १९ वर्षिय कैलाश साउँद, डोटीको दिपायल सिलगढी नगरपालिका–१ बस्ने २२ वर्षिय खगेन्द्र खड्का र धनगढी उपमहानगरपालिका–९ बस्ने २७ वर्षिय विरेन्द्र बोहरा रहेका कैलाली प्रहरीका सहायक निरीक्षक जगतप्रसाद अवस्थीले जानकारी दिए।
चारै जनाले मादक पदार्थ सेवन गरेको र दुबै मोटरसाईकल प्रहरीले नियन्त्रणमा लिएको उनले बताए।
