Dashain Suvakamana

जंगली हात्तीको बथान कञ्चनपुरका बस्ती पस्नथालेपछि…

Ajai

कञ्चनपुर । समय समयमा प्राकृतिक प्रकोपले जर्जर बनाएकाे कञ्चनपुरको दोधारा चाँदनीमा पछिल्लाे केही दिनदेखि जंगली हात्तीकाे बथान बस्ती पस्न थालेकाे छ । हरेक दिन राति बस्तीमा पस्ने हात्तीको बथानले स्थानीयको धानवालीमा ठूलो क्षति गर्दैआएकाे छभने स्थानीयहरु ज्यान जाेगाउन सामुहिकरुपमा रातभर जाग्राम बस्ने गरेका छन् । 

दोधारा चाँदनी नगरपालिका-३ का वडा अध्यक्ष हरिसिंह धनाडीले हात्ती भगाउनकै लागि यहाँका स्थानीय रातभर जाग्राम बस्ने गरेको बताए। ‘दिनहुँ राति २०/२२ वटा सङ्ख्यामा रहेको हात्तीको बथान बस्तीमा पस्छ,’ उनले भने, ‘हात्तीले यहाँ हैरान गरेको छ स्थानीयले सुत्न पाएका छैनन्।’

भारतको दुधुवा राष्ट्रिय निकुञ्जबाट आउने जंगली हात्तीको बथानले गाउँ पसेर धानबाली र मकैमा नोक्सान गर्न थालेपछि हात्ती भगाउन यहाँका स्थानीय रातभर जाग्राम बस्न थालेका हुन्। ‘हामीले राति उक्त बस्तीमा प्रहरीको डिउटी नै राखेका छौँ,’ उनले भने, ‘हात्ती भगाउन वडा कार्यालयबाट टर्च, साइरन स्थानीयलाई उपलब्ध गराएका छौँ।’

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.