धेरैपछि आयाे विष्णु माझीको ‘आइनँ आमा..’ तीज गीत (भिडिओ)

गायिका विष्णु माझीको तीज गीत सार्वजनिक भएको छ। शनिबार बिहान युट्युबमा सार्वजनिक ‘आइनँ आमा…’ बोलको गीतमा माझीकाे एकल स्वर छ। 

‘पुतलीको भट्टी-भाग २०’ अन्तर्गत सार्वजनिक गीतमा विष्णुका श्रीमान सुन्दरमणि अधिकारीको शब्द तथा संगीत छ। गीतलाई आशिष अविरलले एरेन्ज गरेका हुन्। गीतको भिडियोलाई सुन्दरमणिले नै निर्देशन गरेका हुन् ।

मौसम हिमालीको कोरियोग्राफी रहेको भिडिओलाई शम्भु चालिसेले छायांकन र प्रविन भट्टले सम्पादन गरेका हुन्।’पुतलीको भट्टी-भाग २०’ पनि विष्णु माझीको आफ्नै सपना म्युजिक इन्ड्रष्टिजको युट्युबमा गीत सार्वजनिक छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.