Dashain Suvakamana

नेपाल सरकार टिकटकमाथिको प्रतिबन्ध खुलाउँदै

Ajai

काठमाडौं । सरकारले सामाजिक सञ्जाल ‘टिकटक’माथिको प्रतिबन्धन खुला गर्ने भएको छ । नेपालको सबै ऐन/नियम पालना गर्ने प्रतिवद्धतासहित टिकटकले दोहो¥याएर पत्राचार गरेसँगै सरकार खुला गर्ने तयारीमा पुगेको हो । यसअघि प्रतिबन्ध गर्ने निर्णय गरेको करिब १० महिनापछि सरकार पुनः खुला गर्ने तयारीमा पुगेको हो।

सञ्चार मन्त्रालय स्रोतले जनाएअनुसार केही दिनअघि टिकटकको एसियाका पोलिसी डिभिजन चिफ फेरसले खुला गरिदिन आग्रह गर्दै पठाएका थिए । उनले पत्रमा नेपालभित्र लागु हुने सबै ऐन/कानुनहरु पालना गर्न तयार रहेको जनाएका छन् । स्रोतका अनुसार सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रतिबन्ध फुकुवाका लागि टिप्पणी उठाउन कर्मचारीलाई निर्देशन दिइसकेका छन् । बताइएअनुसार आगामी बिहीबार बस्ने मन्त्रिपरिषद्को बैठकबाट टिकटक खुला गर्ने निर्णय हुनेछ ।

सामाजिक सद्भाव बिगार्ने काम गरेको भन्दै तत्कालिन पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले २०८० कार्तिक २७ गतेदेखि टिकटकमाथि प्रतिबन्ध गरेको थियो । तर, अमेरीका भारत लगायत दर्जनाैं मुलुकमा  बन्द रहेकाे बेला चाईनालाई रिझाउन नेपाल सरकार टिकटकमाथिकाे प्रतिबन्ध फुकुवा गर्न लागेकाे जानकारहरु बताउद्छन ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.