Dashain Suvakamana

ट्राफिकले बसमा अपाङ्गता आरक्षण सीट र छुट दिए नदिएकाे हेर्ने

सुदूरपश्चिममा

Ajai

अत्तरिया । अपाङ्गताका सवालमा राज्यले दिएका सुविधा कार्यान्वयन गराउन ट्राफिक प्रहरी तयार रहेको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका प्रमुख प्रहरी उपरीक्षक राजीव बस्नेतले बताएका छन् । सार्वजनिक सवारी साधनमा अपाङ्गता भएका व्यक्तिहरूले भोग्दै आएका समस्याका विषयमा दुई दिनअछि ट्राफिक प्रहरी र राष्ट्रिय अपाङ्ग महासङ्घ नेपाल सुदूरपश्चिम प्रदेश समितिबिच भएको छलफलमा ट्राफिक प्रहरी उपरीक्षक बस्नेतले राज्यले दिएका सेवा सुविधा कार्यान्वयन गर्न र गराउन प्रहरी तयार रहेकाे बताएका हुन्।

ट्राफिक प्रहरी याे सक्रियतासँगै अव सुदूरपश्चिममा पनि अपाङ्ता भएका नागरिकसँगै बिरामी, बृद्धबृद्धा, गर्भवति महिला तथा शाररीक अशक्त यात्रुहरुले आरक्षण सीट र भाडामा ५० प्रतिशत छुट पाउने भएका छन् । राज्यले दिएकाे हकअधिकार र उनीहरुको मानवीय संवेदनालाई ख्याल गरेर सबैतिर कडाईरुपमा लागु गराउन नाैवटै जिल्लामा परिपत्र गरेकाे राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाका प्रमुख बस्नेतले बताए ।

यस विषयमा गत वर्ष जिल्ला प्रशासन कार्यालय कैलालीमा सबै सार्वजनिक यातायात सञ्चाल गरिरहेका बस व्यवसायी समिति पदाधिकारीसँग छलफल भए पनि उनीहरुले आफ्नो व्यवसाय धराशायी भएकाले भाडा छुट तथा सिट आरक्षण दिन नसक्ने बताएका थिए। सरकारी सडकमा गुड्ने सार्वजनिक यातायातका नाममा धेरैजसाे राज्यकाे कर छुट लिने तर सरकारले बनाएकाे ऐन कानून नमान्ने भनेर वस व्यबसायीकाे सर्वत्र आलाेचना भएको थियो ।

अहिले कैलालीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले कानुनको कार्यान्वय गर्न गराउन प्रशासनको दायित्व भन्दै ट्राफिक प्रहरीसँग समन्वय गर्न लगाउनुभएको राष्ट्रिय अपाङ्ग महासङ्घ नेपाल सुदूरपश्चिम प्रदेश अध्यक्ष मानबहादुर साउदले बताए ।

उनले यसअघि पटक पटक सरकारले सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १०७ र अपाङ्गता अधिकार ऐन २०७४ को दफा ३७ को उपदफा २ मा अपाङ्गता भएका व्यक्तिहरूलाई सार्वजनिक सवारी साधनमा पचास प्रतिशत छुट, सिट आरक्षणको व्यवस्था गरेको भएपनि सुदूरपश्चिम प्रदेशमा अझैसम्म कार्यान्वयन नभएकोले प्रहरी प्रशासनदेखि सबैजसाे सराेकारवालासँग सहजिकरणकालागि आग्रह गरेको बताए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.