मुख्यमन्त्री शाहले पाए विश्वासकाे मत, काे-पक्षमा काे-काे बिपक्षमा ?

धनगढी । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत पाएका छन्। प्रदेशसभाको बैठकमा आज भएकाे मत विभाजनमा उनकाे पक्षमा ३६ मत परेकाेले विश्वासकाे मत पास भएकाे सभामुख भीम बहादुर भण्डारीले घाेषणा गरे ।

५३ सदस्यीय प्रदेश सभा रहेकाे सुदूरपश्चिममा आजकाे बैठकमा ४५ जना उपस्थित रहेकाेमा ८ मत विपक्षमा र १ मत तटस्थ रहेकाे थियाे ।

मुख्यमन्त्री शाहलाई कांग्रेसका १८, एमालेका ११ र नागरिक उन्मुक्तिका सात सांसदले मत दिएका थिए भने माओवादी केन्द्र र एकीकृत समाजवादीका सांसदहरुले विपक्षमा मत हालेका थिए ।

यस्तै स्वतन्त्र सांसद डा तारा जाेशीले पक्ष विपक्षमा नरही तटस्थ रहेका थिए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.