Dashain Suvakamana

सुदूरपहाडका डाेटी र बझाङमा गरि २ जनाकाे मृत्यु

Ajai

डाेटी । डाेटी र बझाङमा गरी आज दुई जनाकाे मृत्यु भएकाे छ । बझाङको केदारस्यूँ गाउँपालिका–८ सिलङ्गी घर भएका ७१ वर्षीय रामप्रसाद जोशीको पहिरोमा परेर मृत्यु भएको हो भने डाेटीको बुडरमा एक जना मृत अवस्थामा भेटिएका हुन् ।

बझाङको केदारस्यूँ गाउँपालिका–८ वडाध्यक्ष सुरेशबहादुर जेठाराका अनुसार आइतबार दिउँसो घर नजिकैको जंगलमा दाउरा काट्न गएका उनी एक्कासी ढुंगामुडा सहितको सुख्खा पहिरो जाँदा बेपत्ता भएका थिए। जोशी आज खोजतलास गर्दा जंगलमा मृत अवस्थामा भेटिएका वडाध्यक्ष जेठाराले बताए।

यता, डोटीको जोरायल गाउँपालिका-२ बुडर बजारस्थित होटलमा हाल नाम, थर, नखुलेका अन्दाजी ३० वर्षीय पुरूष सोमबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.