धनगढी । सुदूरपश्चिम प्रदेश सभाको अधिवेशन आह्वान भएको छ । प्रदेश प्रमुख नजिर मियाँले आइतबार दिउँसो २ बजे प्रदेशसभाको पाँचौँ अधिवेशन आह्वान गरेका हुन् ।
प्रदेश सरकार मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम प्रदेश प्रमुखले प्रदेशसभाको पाँचौँ अधिवेशन आह्वान गरेको प्रदेशसभा सचिवालयले जनाएको छ ।
सरकारले तीन दिनअघि मात्रै प्रदेशसभाको चालु चौथो अधिवेशन अन्त्य गरेर राजश्व सङ्कलनसम्बन्धी अध्यादेश ल्याएको थियो । अध्यादेश प्रदेश प्रमुखबाट बिहीवार नै प्रमाणीकरण भइसकेको छ ।