Dashain Suvakamana

कैलालीमा १५ लाखका भन्सार छली सामान बरामद

Ajai

धनगढी । पछिल्लाे समय कैलाली प्रहरीले भन्सार छलीका समानमा कडाई गरिरहेकाे छ । साेही क्रममा उसले मंगलबार  जिल्लाका विभिन्न स्थानबाट करिव १५ लाखको भन्सार छलीका सामान नियन्त्रणमा लिएको हो। 

धनगढी उपमहानगरपालिका–२ ट्राफिक चौराहा, १८ नम्बरको (ई) गाँउ, गोदावरी नगरपालिका–१ महेन्द्रनगर रोड, वडा नम्बर–३ को मालाखेती चोक, टीकापुर नगरपालिक–८ कमलगाउँ, र भजनी नगरपालिका–५ जुठाघाटबाट जिल्ला प्रहरी कार्यालय धनगढी कैलाली र मातहतका कार्यालयहरुबाट खटिएको प्रहरी टोलीले भारतबाट भन्सार छली गरि ल्याएको समान बरामत गरेकाे छ ।

अन्दाजी १४ लाख ९५ हजार ७४० बराबरको सामान प्रहरीले आइतवार बरामद गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। उक्त मुल्य बराबरको चिनी, सेन्डिल, पवन सुर्ती, विडी, साइकलको ब्रेक, मोबाइल खेलौना, चप्पल लगायतका सामान वेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ। 

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.