
काठमाडौं । आज बिहान त्रिभुवन विमानस्थलमा भएको सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा १८ जनाको मृत्यु भएको नेपाल प्रहरीले जनाएको छ। प्रहरीले दिउँसो १ बजे गरेको अपडेटअनुसार बिहान ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको विमान दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको हो।
१५ जनाको घटनास्थलमै र तीन जनाको उपचारका क्रममा त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएको हो। जीवितै उद्धार गरिएका क्याप्टेन मनिषरत्न शाक्यको केएमसी अस्पताल सिनामंगलमा उपचार भइरहेको छ र उनी खतरामुक्त छन्।
शवहरू परीक्षणका लागि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको प्रहरीले जानकारी दिएको छ।
