नेकपा एमाले लुम्बिनी संसदीय दलका नेता लिला गिरीले आफ्नो पदबाट राजीनामा दिएका छन् । पार्टी संसदीय दलकाे नेतालाई मुख्यमन्त्री बन्न नदिएकाे भन्दै गिरीले केन्दिय अध्यक्ष केपी ओलीलाई राजीनामा पठाएका हुन् ।
गिरीले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई मंगलबार नै राजीनामा पठाएको जानकारी दिए । उनले राजीनामा पठाएपनि स्वीकृत भएको जानकारी आफुले नपाएको बताए । मुख्यमन्त्री नियुक्तिका सन्दर्भमा संसदीय विधि, पद्दति भन्दा बाहिर गएर निर्णय भएको भन्दै गिरीले राजीनामा दिएको बताए ।
मुख्यमन्त्री नियुक्तिबारे पार्टीको कुनै कमिटी बैठकबाट निर्णय नगरि सिधै केन्द्रीय निर्देशन आएको भन्दै एमालेमा असन्तुस्टि देखिएको छ ।महासचिव पोखरेलले एमाले लुम्बिनी प्रदेश कमिटीका अध्यक्ष राधाकृष्ण कडेललाई फोन गरेर उपनेता चेतनारायण आचार्यलाई मुख्यमन्त्री नियुक्तका लागि सिफारिस गर्न निर्देशन दिएकाे बुझिएकाे छ ।
लुम्बिनी प्रदेशमा मुख्यमन्त्रीमा एमालेकै चेतनारायण आचार्यले सपथ लिइसकेपछि नेता लिला गिरीले आफ्नो पदबाट राजीनामा दिएका हुन् ।